बद्रीको नेतृत्वमा जिल्ला कराते टेक्निकल कमिटी
झापा । झापा जिल्ला सितोरियो कराते संघको विशेष भेलाले राखेप कराते प्रशिक्षक बद्री विष्टको अध्यक्षतामा जिल्ला कराते टेक्निकल कमिटी गठन गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा बिर्तामोडमा शनिबार सम्पन्न भेलाले ३१ सदस्यीय कराते टेक्निकल कमिटी बनाएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्ष मीना पाठक, उपाध्यक्षमा जगन कार्की र ज्ञानेन्द्र राई, सचिवमा दिपेश निरौला, सहसचिवमा जीवन राई र केशव कार्की तथा कोषाध्यक्षमा रेणुका राई चयन भएका छन् ।
झापा जिल्ला सितोरियो कराते संघ झापाका अध्यक्ष मिलनराज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा कराते वरिष्ठ प्रशिक्षक कालु मेचे, जिल्ला खेलकुद विकास समितिका प्रशासन प्रमुख विष्णु नेम्वाङ, राखेप कराते प्रशिक्षकहरु कृष्ण बस्नेत लगायत जिल्लाभरका ४२ जना स्वयम्सेवक प्रशिक्षकको सहभागिता रहेको थियो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

