प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ ।
दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सनले प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।

प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको कायक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले हरेक क्षेत्रको सकारात्मक पहलबाट मात्रै नगर समुन्नत बन्न सक्ने बताए ।
कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य अजय आले मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन जिल्लाका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, एनप्याब्सन मेचीनगर अध्यक्ष, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो ।
प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र खतिवडाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम विहीबार (भोलि) समापन हुँदैछ ।


मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


