प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ ।
दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सनले प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।

प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको कायक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले हरेक क्षेत्रको सकारात्मक पहलबाट मात्रै नगर समुन्नत बन्न सक्ने बताए ।
कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य अजय आले मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन जिल्लाका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, एनप्याब्सन मेचीनगर अध्यक्ष, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो ।
प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र खतिवडाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम विहीबार (भोलि) समापन हुँदैछ ।


मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...


