• बुधबार, कार्तिक ५, २०८३
  • | October 21, 2026

सुन्तला महोत्सव भारतको कोलकातामा सुरू 


सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २२ गतेदेखि दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्टेक सिटिसेन्टरमा सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले बताए ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिएका संयोजक कार्कीले बताए ।

उनले देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भूटान र बंगलादेशको पर्यटकहरुलाई नेपालमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो ।

उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको गरिएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।


मानव अधिकार तथा शान्ति समाज झापाको सभापतिमा अधिकारी

झापा । मानव अधिकार तथा शान्ति समाज झापा...

लैङ्गिक हिंसा रोकथामबारे आमा समूहलाई अभिमुखीकरण

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...

विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य र सुरक्षित स्थानबारे सचेतना

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...

मेचीनगर–४ : महिलालाई कृषि–पर्यावरणीय खेती तालिम

मेचीनगर ।  हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...

मेचीनगरमा ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने

मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...

काँकडभिट्टामा पर्यटन विकास र सम्भावनाबारे अन्तरक्रिया

काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...

‘प्रमाणबिना दोषी नठहर्‍याऊँ, प्रहरीको मनोबल नखसालौँ’

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...

आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्‍यो ‘हाम्रो खबरपाटी’

झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...