ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न
पाँचपोखरी । ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न भएको छ । शनिवार आयोजित भव्य समारोहकाविच वुद्धशान्ति–५ मा पाँचपोखरी टोलमा रहेको ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न भएको हो ।
झापा क्षेत्र नम्वर १ ख को प्रदेश संसद सबिना बजगाईको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि रहेकी बजागाई, बुद्धशान्ति–५ का वडाध्यक्ष डेकेन्द्र कार्की, मेचीनगर लेडी जेसिजकी सस्थापक अध्यक्ष कबिता शर्मा, नेपाल पत्रकार महांसधका पूर्व केन्द्रिय सदस्य मोहन काजी लगायतल शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा धनपती आचार्य र खग्रेन्द्र घिमिरेले स्वस्तीक बाचन गरेका थिए । मन्दिरा दनुवार अनुष्का आचार्यलगायतले नुत्य प्रस्तुत गरेका थिए । साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । स्थानिय आइतमाया लिम्वु र बिसन चौधरीलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
ज्योती किर्तन मण्डलीको अध्यक्ष बिनु दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा यदवमणी दाहालले स्वागत गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...