ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न

पाँचपोखरी । ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न भएको छ । शनिवार आयोजित भव्य समारोहकाविच वुद्धशान्ति–५ मा पाँचपोखरी टोलमा रहेको ज्योती किर्तन मण्डलीको २० औ साधारण सभा सम्पन्न भएको हो ।
झापा क्षेत्र नम्वर १ ख को प्रदेश संसद सबिना बजगाईको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि रहेकी बजागाई, बुद्धशान्ति–५ का वडाध्यक्ष डेकेन्द्र कार्की, मेचीनगर लेडी जेसिजकी सस्थापक अध्यक्ष कबिता शर्मा, नेपाल पत्रकार महांसधका पूर्व केन्द्रिय सदस्य मोहन काजी लगायतल शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा धनपती आचार्य र खग्रेन्द्र घिमिरेले स्वस्तीक बाचन गरेका थिए । मन्दिरा दनुवार अनुष्का आचार्यलगायतले नुत्य प्रस्तुत गरेका थिए । साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । स्थानिय आइतमाया लिम्वु र बिसन चौधरीलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
ज्योती किर्तन मण्डलीको अध्यक्ष बिनु दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा यदवमणी दाहालले स्वागत गरेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...