दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे हुदैँ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ ।
नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलाेमिटर कालोपत्रे सड्क बनाउने याेजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे गर्ने कार्य धमाधम भईरहेकाे नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी गर्नुका साथै समय समयमा अनुगमन समेत गरिरहेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब चाडैं नै यस बाटमा कालेपत्रे लगाउने कार्य सम्पन्न हुने बताए ।
नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, १ नम्वर प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलालगायतकाे टाेलीले आईतवार विहान स्थलगत अनुगमन गरेकाे छ ।
त्यस क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले कामकाे गुणस्तरका विषयमा नगरकाे प्राविधिक तथा निर्माण कम्पनिसँग जानकारी लिदैँ कामकाे गुणस्तरमा ध्यान दिन निर्देशन दिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

