दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे हुदैँ

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ ।
नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलाेमिटर कालोपत्रे सड्क बनाउने याेजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे गर्ने कार्य धमाधम भईरहेकाे नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी गर्नुका साथै समय समयमा अनुगमन समेत गरिरहेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब चाडैं नै यस बाटमा कालेपत्रे लगाउने कार्य सम्पन्न हुने बताए ।
नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, १ नम्वर प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलालगायतकाे टाेलीले आईतवार विहान स्थलगत अनुगमन गरेकाे छ ।
त्यस क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले कामकाे गुणस्तरका विषयमा नगरकाे प्राविधिक तथा निर्माण कम्पनिसँग जानकारी लिदैँ कामकाे गुणस्तरमा ध्यान दिन निर्देशन दिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...