राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग
मेचीनगर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
राइजिङ युथ अफ मेचीनगरले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीबाट संकलित केही रकम एक विरामीलाई सहयोग गर्ने घोषणा अनुरुप क्यान्सर पीडित बस्नेतलाई रकम हस्तान्तरण गरिएको संस्थाका सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए ।
शनिबार क्यान्सर पीडितकै घरमा पुगेर उक्त रकम संस्थाका अध्यक्ष भीम विष्ट, उपाध्यक्ष सन्तोष कार्कीसहित सदस्यहरुले हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा सदस्य श्री गुप्ता, भुवन कोइराला, प्रशान्त मण्डल लगायत सहभागी थिए ।
संस्थाले मेचीनगर तथा बुद्धशान्ति क्षेत्रलाई समेटेर सामाजिक कार्य गर्दै आएको छ । राइजीङले गत फागुनमा रक्तदान कार्यक्रम आयोजना थियो भने धुलाबारी क्षेत्रमा डस्वीन वितरण गरेको थियो । युवाहरुलाई सकारात्मक अभियानमा जोड्दै समाज परिवर्तनका लागि असल कर्म गर्न संस्था अघि बढिरहेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
