शर्मा र तामाङको संयुक्त मतदाता सम्मान र्याली, सेवक बन्ने प्रतिवद्धता
मेचीनगर । झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्याली बिहीबार सम्पन्न भएको छ ।
मेचीनगर ७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्यालीले पुण्य चोक, दोकान डाँडा, बडाखाल, भृकुटी, बौद्धमोड, गाडागल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान मन्दिर, खानेपानी, ६ नं बगान, सतिघट्टा, गोमनसरी, मदनवस्ती हुँदै निन्दावारीको क्षेत्र परिक्रमा गरेको थियो ।
सो अवसरमा निर्वाचित हुने शर्मा तथा तामांगले आम मतदाताबाट खदा, फूलमाला, अविर तथा मायाका चिनो ग्रहण गर्दै हार्दिक आभार प्रकट गरेका थिए । उनीहरुले आफूलाई विश्वास गरेर दिएको अमूल्य मतको सँधै सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
गत ४ गते सम्पन्न निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका थिए भने प्रदेश सभामा निर्वाचित तामांगले २३ हजार ४५ मत प्राप्त गरेका थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
