झापा-१ : विश्वप्रकाश शर्मा १४ हजार २७५ मतान्तरले बिजयी
मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । उनी तेस्रो पटकमा सांसद बनेका छन् ।
शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् ।
निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।
शर्मा २०७० सालमा रविन कोइराला र २०७४ सालको चुनावमा राम कार्कीसँग यही क्षेत्रबाट पराजित भएका थिए ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


