१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् ।
गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ओमनाथ भण्डारीले ६ हजार १२६ मत प्राप्त गरेका छन् । क्षेत्र नं। १ का अब १८ हजार २६७ मत गणना हुन बाँकी छ ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


