विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् ।
आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले १,९८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तो मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले २७४ मत पाएका छन् भने अन्य उम्मेदवारहरूले १०० मत पनि कटाउन सकेका छैनन् ।
झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार त्यहाँ एक लाख २० हजार ३७५ मतदाता रहेका छन् ।
शर्मा उक्त निर्वाचन क्षेत्रबाट तेस्रोपटक सहभागी भएका हुन् । शर्माले दुईपटक पराजय भोगिसकेका छन् ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
