लैंगिक हिँसाका घटना विकराल बनिरहेको चिन्ता व्यक्त
काँकरभिट्टा । ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण परियोजना’ अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग शुक्रबार अन्तरक्रिया गरिएको छ । झापाको मेचीनगर, कचनकवल र बाह्रदशी गाउँपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको महिला जनचेतना केन्द्र काँकरभिट्टाले उक्त अन्र्तक्रिया आयोजना गरेको हो ।
छलफलका क्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्काले बलात्कारका घटनाले समाजमा डरलाग्दो रुप लिईरहनु चिन्ताजनक विषय भएको बताए । जुनसुकै अपराधका घटनामा पनि फाँसीको सजाय मानव अधिकार विपरीत भएकाले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी घोषणा पत्रले मृत्युदण्डलाई नस्वीकार्ने मानव अधिकारकर्मी खड्काले स्पष्ट पारे ।
समाजमा चेतनाको स्तर बढ्दै गए पनि अपराधका घटनामा कमी नआएकोप्रति चिन्ता प्रकट गर्दै खड्काले हिंसाजन्य घटना न्यूनिकरण गर्न हरेक व्यक्ति सचेत र संवेदनशील बन्नुपर्नेमा जोड दिए । त्यसक्रममा राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापन अधिकृत विमला खड्काले पछिल्लोसमय लैंगिक हिँसाका घटना विकराल बनिरहेको चर्चा गरिन् ।
घटनाका पीडित पक्षलाई न्याय दिलाउन आयोगले निर्वाह गर्दै आएको भूमिका बारे स्पष्ट पार्दै अधिवक्ता खड्काले स्थानीय सरकार गठनपछि बनेको न्यायिक समिति हिंसा निवारणमा सहयोगी बन्दै गएको बताईन् ।
उक्त कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा, जनप्रतिनिधिहरु धिरावती लिम्बू, लक्ष्मी थिङ तामाङ, देवीप्रसाद सुवेदी, चन्द्रकुमारी विक, रुपा गुरुङ, समाजसेवी मैयाँ प्रसाईंलगायतको उपस्थिति थियो ।
आयोजक संस्थाकी अध्यक्ष भुवन सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख राधा प्रधान कार्कीले स्वागतसहित औचित्यबारे प्रकाश पारेकी थिईन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्र्तक्रिया आयोजना गरिएको कार्यक्रम सञ्चालक तथा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले जानकारी दिए ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...