प्रेस चौतारी झापाद्वारा पत्रकार महासंघ झापाको साधारणसभा बहिस्कार
बिर्तामोड । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ झापाको साधारण सभा बहिस्कार गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाल झापा शाखाले महासंघको आज आयोजित साधारणसभा बहिस्कार गरेको जनाएको छ ।
विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ झापाको साधारणसभामा प्रेस चौतारीका सदस्यहरु सहभागी नहुने स्पष्ट पारेको छ । अध्यक्ष मनकुमार गदालले जारी गरेको विज्ञप्तिमा पत्रकार महासंघ झापा बन्न नसेकेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा पत्रकारहरुको सबैभन्दा ठुलो संगठन प्रेस चोतारीसँग पूर्वाग्रही हुँदै कुनै पनि कार्यमा सहकार्य नगरी मनोमानी ढंगबाट सञ्चालन हुदै प्रेस चौतारीमा आवद्ध सदस्यहरुमाथि झुठा मुद्धामा फसाउने, चरित्र हत्या गर्ने जस्ता कार्य गर्दै आइरहेको जनाएको छ ।
महासंघसँग संगठनबाट गरिएका कयौं मागहरुमा सम्बोधन नगरी अघि बढिरहेको वर्तमान नेतृत्व साझा बन्न नसकेको चौतारीको ठम्याई छ । साधारणसभा जस्तो विशेष उत्सवमा समेत प्रेस चौतारीलाई अवज्ञा गर्दै आफु खुशी अघि बढेको हुँदा आजको वार्षिक साधारण सभा बहिस्कार गर्न बाध्य भएको प्रेस चोतारी नेपाल झापाले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
