विद्यालयमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति
मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत चुनावी सामग्री जस्तै गरी प्रचार प्रसार भइरहेको दावी गरेको छ ।
स्वीकृति शर्मा कांग्रेस उम्मेद्वार शर्माकी छोरी हुन् । कार्तिक १८ गते प्रशारण गरिएको उक्त भिडियोमा उनले उम्मेद्वार शर्माको पक्षमा मत प्रभावित गर्ने प्रयास गरेकी हुँदा सो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइने निर्णय भएको एमालेले जनाएको छ ।
उक्त भिडियोको सुटिङ विद्यालयमै गरिएको र शिक्षकहरुले आफ्नो फेसबुकबाट शेयर, लाइक र कमेन्ट गरिरहेको एमालेले जनाएको छ ।
एमालेले आफ्ना उम्मेद्वारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिरहेको समेत जनाएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

