विद्यालयमा भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति
मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत चुनावी सामग्री जस्तै गरी प्रचार प्रसार भइरहेको दावी गरेको छ ।
स्वीकृति शर्मा कांग्रेस उम्मेद्वार शर्माकी छोरी हुन् । कार्तिक १८ गते प्रशारण गरिएको उक्त भिडियोमा उनले उम्मेद्वार शर्माको पक्षमा मत प्रभावित गर्ने प्रयास गरेकी हुँदा सो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइने निर्णय भएको एमालेले जनाएको छ ।
उक्त भिडियोको सुटिङ विद्यालयमै गरिएको र शिक्षकहरुले आफ्नो फेसबुकबाट शेयर, लाइक र कमेन्ट गरिरहेको एमालेले जनाएको छ ।
एमालेले आफ्ना उम्मेद्वारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिरहेको समेत जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
