बौद्धमोड इङलिस स्कुलको आफ्नै वेबसाइड

बाहुनडाँगी । बौद्धमोड इङलिस बोर्डिङ स्कुलले आफ्नो आधिकारिक वेब साइड संञ्चालनमा ल्याएको छ । मेचीनगर–२ बौद्धमोडमा रहेको बौद्धमोड बोर्डिङले स्कुलको सम्पूर्ण विवरण सहितको वेब साइड संञ्चालनमा ल्याएको हो ।
लिङ बाइनरी प्रा. लि बिर्तामोडको प्राविधिक सहयोगमा वेब साइड तयार पारिएको प्रिन्सिपल भावना राईले जानकारी दिइन । २०७२ सालमा मण्टेश्वरी बाट संञ्चालन भएको स्कुल अहिले कक्षा ७ सम्म पढाइ हुने गरेको छ । विद्यालयले म्यूजिक कक्षा, आर्ट कक्षा र नृत्य कक्षा समेत सचालन गर्दै आएको भाइस प्रिन्सिपल रोशन घिमिरेले जानकारी दिए । स्कुलले नैतिक शिक्षा लाई विशेष जोड दिइएको घिमिरेले बताए ।
ग्रामिण क्षेत्रबाट सञ्चालन रहेको भएपनि अन्य विद्यालय भन्दा आफु उत्कृष्ट नै रहेको विद्यालयका फाउण्डर सचिन निरौलाले जानकारी दिए । अहिले कक्षा सात सम्म पढाइ हुने भएपनि प्लस टु को अवधारणा बाट विद्यालय सञ्चालन गरिएको निरौलाले बताए । ‘२०८० सम्ममा पचास जना निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निशुल्क पढ्ने वातावरण बनाउन लागि परेको छु’ । उनले भने–‘ दाताहरु सँगको सहकार्यमा निशुल्क पढ्ने वातावरण तयार हुने छ ।’ अहिले सात जना विद्यार्थीहरु दाताहरुको सहयोगमा निशुल्क अध्ययन गरिरहेका छन् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...