वडाध्यक्ष बरालले गरे स्वर्गिय माताको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना
मेचीनगर । स्वर्गिय माताको स्मृतिमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष तथा मेचिनगर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपक बरालले नगद एक लाख सहितको बाहुण्डाँगी जेसीज अक्षयकोष स्थापना गरेका छन् ।
निवर्तमान जेसी अध्यक्ष बरालले स्वा.माता चन्द्रकला बरालको स्मृतिमा बाहुण्डाँगी जेसीज मार्फत अक्षयकोष स्थापना गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । साथै उनले अभिभावकले देखाएको सामाजिक कार्यको बाटोलाई अंगाल्दै मानव सेवामा समर्पित बाहुण्डाँगी जेसीजलाई पितृको सम्झनामा सानो सहयोग गरेको बताए ।
बाहुण्डाँगी जेसीज वर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले हामी सामाजिक तथा मानव सेवामा सधै लागि रहन्छौं भनेर जेसीजमा आवद्ध भएका हौं । यसको एउटा उदाहरण बन्न सफल भएका छन् संस्थाका निवर्तमान अध्यक्ष बराल, उनले भने यस कार्यले हामी जेसीजमा आवद्धलाई सबैलाई गौरव महशुस भएको छ ।
हात्ती रिसोर्टमा भएको सोही कार्यक्रममा बाहुण्डाँगी जेसीजको वेबसाईट http://www.jcibahundangi.org.np पनि सार्वपनिक गरिएको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

