वडाध्यक्ष बरालले गरे स्वर्गिय माताको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना
मेचीनगर । स्वर्गिय माताको स्मृतिमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष तथा मेचिनगर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपक बरालले नगद एक लाख सहितको बाहुण्डाँगी जेसीज अक्षयकोष स्थापना गरेका छन् ।
निवर्तमान जेसी अध्यक्ष बरालले स्वा.माता चन्द्रकला बरालको स्मृतिमा बाहुण्डाँगी जेसीज मार्फत अक्षयकोष स्थापना गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । साथै उनले अभिभावकले देखाएको सामाजिक कार्यको बाटोलाई अंगाल्दै मानव सेवामा समर्पित बाहुण्डाँगी जेसीजलाई पितृको सम्झनामा सानो सहयोग गरेको बताए ।
बाहुण्डाँगी जेसीज वर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले हामी सामाजिक तथा मानव सेवामा सधै लागि रहन्छौं भनेर जेसीजमा आवद्ध भएका हौं । यसको एउटा उदाहरण बन्न सफल भएका छन् संस्थाका निवर्तमान अध्यक्ष बराल, उनले भने यस कार्यले हामी जेसीजमा आवद्धलाई सबैलाई गौरव महशुस भएको छ ।
हात्ती रिसोर्टमा भएको सोही कार्यक्रममा बाहुण्डाँगी जेसीजको वेबसाईट http://www.jcibahundangi.org.np पनि सार्वपनिक गरिएको थियो ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
