देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल : अध्यक्ष लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले गठबन्धन गरेर देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल गरेको बताएका छन् ।
बुधबार झापाको मेचीनगर–१० धुलाबारीस्थित टाउन हलमा संयुक्त निर्वाचन प्रचार(प्रसार समिति, नेकपा एमालेरराप्रपा झापा क्षेत्र नं.१ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले गठबन्धनका नाममा सबै स्वार्थमा लिप्त पार्टीहरू मिलेर पालैपालो देशलाई बर्बादी तर्फ लगेको बताए ।
उनले अब नेपाली जनताले सहि निर्णय लिने समय आएको बताउँदै मंसिर ४ गते सबैले मतदान गर्दा सचेत हुनुपर्ने बताए ।
उनले राप्रपाका कार्यकर्तालाई इमानदारीपूर्वक आफ्नो पार्टी उम्मेदवार भएका ठाउँमा आफ्नो र तालमेल गरेको ठाउँमा तालमेल गरेको पार्टी एमालेलाई मतदान गर्न सुझाए ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


