चिया मजदुरहरुलाई तत्कालै राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउनु : एमाले
मेचीनगर । नेपाल चिया विकास निगम (टोकला) मा कार्यरत चिया मजदुरहरुलाई राज्यले तोकेको सेवा सुविधा उपलब्ध नगराएको भन्दै नेकपा एमालेले बगान व्यवस्थापनको ध्यानाकार्षण गराएको छ ।
आज टोकला बगान परिसरमा नै पुगेर एमाले मेचीनगर ८ वडा कमिटीले मजदुरहरुलाई तत्काल राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ ।
टोकला बगान व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाउन एमाले जिल्ला कमिटी सदस्य सुभाष मिजार, पूर्व जिल्ला सदस्य लालबहादुर थामी, मेचीनगर सदस्य गणेश खरेल, तिलक दर्जी, चित्र धिमाल, मेचीनगर ८ वडा इन्चार्ज कुन्दन निरौला, वडा कमिटी अध्यक्ष बिष्णु भट्टराई, सचिव मिलन विश्वकर्मा, सहसचिव गणेश कार्कीलगायतका टोली टोकला बगानको कार्यालय पुगेर मजदुरको पक्षमा उभिएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
