चिया मजदुरहरुलाई तत्कालै राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउनु : एमाले

मेचीनगर । नेपाल चिया विकास निगम (टोकला) मा कार्यरत चिया मजदुरहरुलाई राज्यले तोकेको सेवा सुविधा उपलब्ध नगराएको भन्दै नेकपा एमालेले बगान व्यवस्थापनको ध्यानाकार्षण गराएको छ ।
आज टोकला बगान परिसरमा नै पुगेर एमाले मेचीनगर ८ वडा कमिटीले मजदुरहरुलाई तत्काल राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ ।
टोकला बगान व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाउन एमाले जिल्ला कमिटी सदस्य सुभाष मिजार, पूर्व जिल्ला सदस्य लालबहादुर थामी, मेचीनगर सदस्य गणेश खरेल, तिलक दर्जी, चित्र धिमाल, मेचीनगर ८ वडा इन्चार्ज कुन्दन निरौला, वडा कमिटी अध्यक्ष बिष्णु भट्टराई, सचिव मिलन विश्वकर्मा, सहसचिव गणेश कार्कीलगायतका टोली टोकला बगानको कार्यालय पुगेर मजदुरको पक्षमा उभिएको छ ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...