कुनैपनि संस्था सफल बन्नका लागि कर्मचारीको भूमिका अहम् : नगर प्रमुख बुढाथोकी

बिहिवार नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरको आयोजनामा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कर्मचारीको साथ र सहयोग बिना जनप्रतिनिधिको एकल प्रयासबाट संस्थाको सहज रूपमा सेवा प्रवाह हुन नसक्ने बताए ।
नगर प्रमुख बुढाथोकीले कर्मचारीहरूले आफ्नो कार्यसम्पादन कुसलता पुर्वक सम्पादन गर्दै नगरपालिकाबाट आम नागरिकले सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउन अह्राए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकिय अधिकृत राजकपुर चौलागाईंले कर्मचारीहरूले आफ्नो जिवनको उर्भर समय जनता र देशको सेवामा समर्पित गर्ने गरेको बताए । साथै कर्मचारी जिवनमा कामको शिलसिलामा कतिपय सामाजिक कार्यहरू छुटेको हुन सक्ने भन्दै त्यसलाई कर्मचारी जिवनबाट सेवा निबृत भएपछि अगाडि बढाउनु पर्ने बताए ।
मेचीनगर कार्यालय सम्हाल्न भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंलाई स्वागत गरेको कार्यक्रममा सेवा निबृत भएका भुइदल राई, इन्द्र बहादुर थापा, रामशरण डुम, अग्नि दाहाल, गीता सापकोटा, र निरानन्द आचार्यलाई बिधाई गरिएको थियो ।
एशोसिएसनले सोही अवसरमा नि:शुल्क आँखा स्वास्थ परिक्षण समेत गराएको थियो । त्यसमा २३८ जनाले निस्शुल्क आँखा स्वास्थ परिक्षण गरेका आयोजकले जनाएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति, मेचीनगर अध्यक्ष रविनसन थापामगरको अध्यक्षमा आयोजित कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजन भेटवाल, दीपक कार्की, त्रिलोचन पौडेललगायतको आतिथ्यता रहेको थियो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति, मेचीनगर उपसचिव दशरथ खडियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव पवित्रा सुब्बाले गरेकी थिइन् ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...