नेपाल नगरपालिका कर्मचारी एसोसिएसन प्रदेश नं. १ को अध्यक्षमा पौडेल
झापा । नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशन भाद्र २३ र २४ गते कलङ्की काठमाडौमा सम्पन्न भएको छ ।
देश भरका सबै नगरपालिकाबाट उपस्थित प्रतिनिधी, पर्यवेक्षकहरुको भब्य उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता आयोजक समितीका संयोजक राजकुमार थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुको उपस्थिती रहेको थियो । त्यसै गरी विशिष्ट अतिथिको रुपमा संगठन पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी, पूर्व संयोजक श्रीराम आचार्य, पूर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती थियो । सो कार्यक्रमा संगठनका प्रथम उपाध्यक्ष डम्बर रोगुले शुभकामना मन्तव्य व्यक्त राखेका थिए भने प्रमुख अतिथिद्वारा कार्यक्रमलाई विशेष सम्बोधन गरिएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य सोहन थापाले गरेका थिए ।
महाधिवेशनको बन्दसत्रले डम्बर रोगुको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको छ । सो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल तथा महासचिव सितु प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । साथै संगठनको कोषाध्यक्षमा सानुमैया डंगोल, उपमहासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सहकोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित भएका छन् ।
त्यसै गरी प्रदेश नं. १ अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, बागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएका छन् ।
यस संस्थाले ‘स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार’ भन्ने मुल नरा लिएको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
