इष्ट होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी कार्यक्रम
मेचीनगर । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।
शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जीव राई, झापा हवका सदस्य ओमविक्रम नेम्बाङ, हवका कोर्डिनेटर गुणराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको आयोजक झापा हव र सहजिकरण इष्ट होराइजन माविले गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुबीच समस्या, त्यसको अनुसन्धान र समाधानका उपायका बारेमा प्यानल डिस्कसन समेत गरिएको थियो । त्यसको सहजिकरण स्मारिका स्कुलकी कोर्डिनेटर संगीता राईले गरेकी थिइन् ।
प्यानल डिस्कसनका विषयमा राखिएका जिज्ञासा विद्यार्थीहरुले सहजै उत्तर दिएका थिए । विद्यार्थीहरुबीच भएको प्यानल डिस्कसनका विषयमा सुमित लिम्बु सुझाव दिएका थिए । आर्ट, क्यालेज, कथा लेखन र प्रेजरहन्टका विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले पुरस्कार पाएको कार्यक्रमका संयोजक नविन दाहालले जानकारी दिए ।
कार्यक्रममा होराइजनका विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन होराइजनी शिक्षिका रोखा दाहालले गरेकी थिइन् ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
