मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत बनेर चौलागाई आउने
झापाको मेचीनगरमा विगत ४८ दिनदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा राजकपुर चौलागाई आउने भएका छन् ।
आजै नगरप्रमुखले गोपाल चन्द्र बुढाथोकीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई एक चिठ्ठी लेख्दै चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका थिए ।
नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले जारी गरेको पत्रमा भनिएको छ, “यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश दाहाल मिति २०७९/०४/०३ गतेदेखि ४ दिनको बिदा लिईजानु भएको थियो । श्रावण १० गते आफु मेचीनगर नफर्कने फोनबाट जानकारी गराउनु भयो ।”
प्रमुख बुढाथोकीले मन्त्रालयमा पटक पटक सम्पर्क गर्दा कसलाई लैजाने हो तयार गर्नहोस भन्ने मौखिक जानकारी प्राप्त भएको तर विभिन्न ठाउँमा सम्पर्क गर्दा २/३ जना कर्मचारी तयार पनि भए पनि बिभिन्न बहाना बनाएर प्रमुख प्रशासकीय अधिकृत पठाउँदा जनताका तमाम काम रोकिएको स्थिति छ ।

उनले ४८ दिनसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर कार्यपालिकाको कार्यालय सहित योजना तथा कार्यक्रम प्रारम्भ गर्न समेत कठिनाइ उत्पन्न भएकाले सुशासन माथि नै प्रश्न उठेको हुँदा यथासिघ्र प्रमुख प्रशासकीय अधिकृत पठाईदिन मन्त्रालयलाई अनुरोध गरेको पत्र पठाएका थिए ।
उक्त नगरमा मन्त्रालयले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव राजकपुर चौलागाईलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ भने यसअगाडि त्यहाँ कार्यरत सुरेश दाहाललाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा खटाइएको छ ।
सरुवा भएका उपसचिवको सूची
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

