तलिम सकेर काममा लागे मेचीनगरका प्रहरी
मेचीनगर । मेचीनगरका नगर प्रहरी १८ दिनको तालिम सकेर काममा सहभागी भएका छन् । १८ दिनको तालिम सकेर उनीहरु सोमबारबाट काममा लागेका हुन् नगर प्रहरी इन्चार्ज दिनेश गुरागाईंले बताए ।
मेचीनगर नगरपालिकाले रिक्त रहेको नगर प्रहरीमा भदौ १ गतेदेखी लागु हुने गरी २१ जनालाई नियुक्त गरेको थियो ।
तालिम नगर प्रहरी इन्चार्ज गुरागाईं, नगर प्रहरी असई राम बहादुर बुढाथोकी र दम्कल कमान्डर शेर बहादुर लिम्बूले तालिम गराएका थिए । नगर प्रहरी इन्चार्ज गुरागाईंको नेतृत्वमा तालिम सम्पन्न भएको हो ।
नियुक्ती पाएका २१ जना मध्ये ४ जना महिला रहेका छन् । उनीहरु मध्येबाट ७ जना दम्कल संचालनको लागि खटाइएको इन्चार्ज गुरागाईंले बताए । नगर प्रहरीले बजार व्यवस्थापन गर्ने छाडा छोडिएका चौपायलाई नियन्त्रण्नमन लिने नगरपालिका कार्यालय लगायत माताहतमा रहेका सरकारी कार्यालयहरुलाई सुरक्षा गर्ने, नगरले दिएको जिम्मेवारीलाई पालना गर्ने लगायत नगर बासीको सुरक्षाको लागि खटिने गरेको छ ।
नगरले दिएको जिम्मेवारी पूर्णरुपमा पालना गरिने छ इन्चार्ज गुरागाईंले भने । भौगोलिक रुपमा केही कठिनाईहरु छन् उनले थपे नगरपालिकाले नगर प्रहरीका लागि सवारी साधनको उपलब्ध गराए सेवा दिन थप सहज हुने छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
