मानव–हात्ती द्वन्द्व न्युनीकरणका लागि एनटिएनसिको चासो
बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगी देखिएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ ।

छलफलमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको समस्या जति सक्दो चाडो र दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले एनटिएनसि कोषका सदस्य सचिवसँग बाहुनडाँगीमा हात्ती समस्याको दिगो समाधान र पर्यटकीय प्रबद्र्धनको बारेमा नगर सरकार सहकार्य गर्न तयार रहेको बताए । हात्तीले दुःख दिएको बाहुनडाँगीलाई हात्ती नै देखाएर आर्थिक संमृद्ध बनाउनु पर्ने कुरामा उनले जोड दिएका छन् ।

छलफलमा बाहुनडाँगीमा बर्षाेदेखि समस्याको रुपमा रहेको हात्ती आतङक र त्यसबाट परेको भाव प्रभाव यूनीकरणको विषयमा वडाध्यक्ष कार्कीले जानकारी गराएका थिए । मानव–हात्ती द्वन्द्व व्यवस्थापन गर्दा पर्यटन प्रबद्र्धनलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो । उनी भने–‘हात्तीको व्यवस्थापन गर्दा पर्यटकीय दृष्टिकोणले गर्नुपर्छ जसको कारणले यहाँ पर्यटन पनि भित्राउन सकियोस् र हात्तीको पनि स्थाई व्यवस्थापन होस् ।’ उनले भने–हात्तीलाई खेदाउन होइन, मेची नदीमा हात्तीले खाने फलफूलहरुको बाली लगाएर हात्तीलाई चराउन हो ।’ हात्ती चरेको अवलोकन गराउन पर्यटन भित्र्याउन सकिने उनको भनाइ छ ।

एनटिएनसिका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाहुनडाँगीको समस्या समाधानका लागि आफू गम्भीर बताए । उनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि मेचीनगरसँग सह–कार्य गर्ने इच्छा भएको बताए । उनी भने– ‘बाहुण्डाँगीमा हात्ती समस्याको दिगो समाधानका निम्ति मलाई मेचीनगरसँग सह–कार्य गर्न मन छ, तपाईंहरुले साथ दिए हात्तीको दिगो समाधान गर्न सकिनेछ ।’

टोलीले मेची नदीमा हात्ती रोक्न लगाइएको सोलार फेन्सीङको पनि अवलोकन गरेको थियो । अवलोकनमा कोष संचालक समिति सदस्य स्वाती थापा, मेचीनगर–४ का वडाध्यक्ष कार्की, वडा सदस्य पवन बराइली र बाहुनडाँगी क्षेत्रका हात्ती प्रभावित स्थानीयहरु सहभागी थिए ।

अवलोकनको क्रममा स्थानीय राजन काफ्लेले सोलार फेन्सी हुँदा पनि खेतीबाली भारतीय हात्तीले सखाप पार्ने गरेको बताए । ‘हात्ती धेरै चलाख भइसकेको छ यो तार नाघेर भए पनि मेची किनारका खेती सबै सखाप पार्छ तर राहतको रुपमा नगरपालीकाबाट तीन हजार रुपैयाँ मात्र पाइन्छ, त्यही पनि वर्षौ लाग्छ’ कार्कीले दुखेसो पोखे ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

