युनिकमको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम
बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ ९युनिकम० नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रमका बीच इलामकी जिल्ला समन्वय उपप्रमुख चित्रकला बराइलीका प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको छ । तालिममा सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, बागमती तथा १ नम्बर प्रदेशका युनिकम नेपालका नेतृत्वसहित ६० जनाको सहभागिता रहेको थियो ।
केन्द्रीय महासचिव लेखनाथ दाहालले स्वागत गरेको समापन कार्यक्रममा केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो समय परिवर्तन आएको बताए । पौडेलले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए । निजी क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउँदै उनले कामदारले पनि आफ्नो क्षमतालाई सक्दो सदुपयोग गर्न सक्नुपर्ने बताए ।
प्रमुख अतिथि बराइलीले तालिमले व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन् । सहभागीको तर्फबाट लुम्बिनी प्रदेश सचिव भेषराज भण्डारी र युनिकम नेपालकी डिपार्टमेन्ट स्टोर्स संयोजक अर्पणा लामाले तालिम फलदायी र प्रभावकारी भएको अनुभव सुनाए ।
तालिमको उद्घाटन सार्क चेम्बर एन्ड कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।तालिममा सहभागीलाई युएनआइ एसिया प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का ९कल्याण०, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष पौडेलले प्रशिक्षण दिएका थिए ।
युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रममा युनिकमका केन्द्रीय कोषाध्यक्ष दुर्गा भट्ट, केन्द्रीय सदस्यहरुसहित प्रदेश समितिका युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

