मेचीनगर कार्यपालिकाको निर्णय : भूमिहिनलाई जग्गादेखी, पाटापुरमा बसपार्क निर्माणसम्म
मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।
नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले १३ वटा बुँदामा निर्णय गरेको छ ।
बार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्ग दर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगर कार्यपालिकाको कार्यालयका सवारी साधन सञ्चालन मापदण्ड, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान सञ्चालन कार्यविधि, जग्गा बर्गिकरण सम्बन्धमा, भूमिहिन सुकुमबासी, भूमुहिन दलित र अव्यवस्थित बसोबासको, सामी परियोजना सम्बन्धी वैठकले निर्णय गरिएको छ ।
त्यस्तै वैठकले नगरको दररेट सम्बन्धमा, जग्गा प्राप्ति सम्बन्धमा, नगर प्रहरीको परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा, बेशीबजार हाट बजार प्रयोग भएको जग्गा सम्बन्धमा, सरस्वती बालकल्याण मावि मेचीनगर–१२ र इष्ट होराइजन अंग्रेजी विद्यालयमा कक्षा ११ मा विषय थपको अनुमति सम्बन्धमा, प्रिभेन्सन एण्ड कन्ट्रोल अफ कोभिड–१९ अन्तरगत साना शहरी योजनाका लागि जग्गा व्यवस्थापन सम्बन्धमा, सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकसँगको सम्झौता र तारजाली खरिद सम्बन्धमा निर्णय गरेको छ ।
नगरप्रमुख बुढाथोकीले वडा नम्बर ८ मा भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने बताए । उनले पाटापुरमा बसपार्क र वडा नम्बर ५ का लागि जग्गा उपलब्ध गराउने बताए । धुलाबारी स्वास्थ्य केन्द्रमा थप १६ वेडका लागि भवन बनाउने कार्यपालिकाले निर्णय गरेको प्रमुख बुढाथोकीले जानकारी दिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

