मेचीनगर–४ र खाँदबारी–४ बीच भगिनी सम्बन्ध
मेचीनगर । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ४ लाई ऐतिहासिक नेपाली परम्परा अनुसार मित लगाउने वा भगिनी सम्बन्ध स्थापित गर्न हामीबीचमा सुमधुर ऐतिहासिक निर्णयमा पुगेको उल्लेख छ ।

छिमेकी मुलुक चीनको सीमावर्ती जिल्ला संखुवासभा र भारतको सीमावर्ती जिल्ला झापाको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भगिनी साईनो गाँस्दै दुवै जिल्लामा पर्ने खाँदबारी वडा नम्बर ४ र मेचीनगर वडा नम्बर ४ बीच भौगोलिक, साँस्कृतिक, धार्मिक, सामाजिक एवम् व्यापारिक सम्बन्ध स्थापना गर्न, दुई पक्ष सम्बन्धलाई कालान्तरसम्म दुवै वडाको सम्पूर्ण वडाबासीहरुको हितका लागि भगिनी सम्बन्धको रुपमा विकास गर्न, दुवै वडाको विविध क्षेत्र तथा विषयहरुमा सहकार्य र सहअस्तित्व कायम गराउने पत्रमा उल्लेख छ ।

त्यस्तै यी क्षेत्रका उत्पादनहरु कृषिजन्य, वन्यजन्तु, पर्यटन, होमस्टे, खनिज, उद्योग, यातायात र अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै लैजान एकआपसमा बजारीकरण तथा प्रवद्धनकारी कार्य गर्दै वडाबासीको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले वडाको जनप्रतिनिधिको हैसियतमा दुवै वडाका अध्यक्षहरुको निर्णय र मञ्जुरीमा शनिबार सम्पूर्ण राजनैतिक दल, वुद्विजीवि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि एवम् वडाबासीहरुको व्यापक उपस्थितीमा भगिनी सम्बन्ध कायम गरिएको निर्णय पत्रमा उल्लेख छ ।

वडाध्यक्ष कार्कीले खाँदबारी वडा नम्बर ४ र मेचीनगर–४ लाई भगिनी सम्बन्ध कायम गरिएको बताए । यसअघि पनि मेचीनगर नगरपालिका र बेलायतको फोक्स्टन सिटीबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । मेचीनगरका पूर्व मेयर र फोक्स्टन सिटीका पूर्व काउन्सिलर मेचीनगरकै स्थानीय धनकिरण गुरुङको सहयोगमा त्यहाँकी मेयरबीच ३ वर्षअघि भगिनी सम्बन्ध स्थापना भएको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
