मागुरमाडीमा बेठीसहितको धान रोपाइँ
धुलाबारी । मेचीनगर–९ मागुरमाडीस्थित एक उप्रेती परिवारले शनिबार बेठीसहितको धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय गंगोत्री उप्रेतीको ९ कठ्ठा खेतमा नौमती बाजा बजाएर हर्षोल्लासपूर्वक धान रोपिएको हो ।
पञ्चे बाजा बजाएर उद्घाटन गरिएको रोपाइँमा रोपार, बाउसेलगायत ३३ जना स्थानीय कृषकहरु सहभागीa थिए ।
बुवा स्व. कृष्णप्रसाद र आमा स्व. देवका उप्रेतीको स्मृतिमा बेठी लगाएर धान रोपाइँ गरिएको साइँला छोरा लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
उनका अनुसार बुवा र आमाले २०२२ सालदेखि जीवित रहुञ्जेल असार र साउनमा वर्षेनी नौमती बाजा घन्काएर धुमधामका साथ रोपाइँ गर्दै आएका थिए । ‘बुवाको निधनपछि हामीले यो परम्परालाई निरन्तरता दिन सकेनौँ, पछिल्लो समय यो संस्कृति लोप हुने अवस्थामा पुगेको छ’ लक्ष्मीप्रसादले भने, ‘त्यसैले यसलाई जीवन्त राख्न कार्यक्रम गरेका हौँ ।’
सो अवसरमा प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नेपालमा बेठी संस्कृतिको ऐतिहासिक महत्व रहेको बताए ।
बेठी पर्वलाई उत्सवको रुपमा मनाउनुपर्नेमा जोड दिँदै उनले थपे, ‘नयाँ पुस्तालाई यो संस्कृतिबारे थाहा नहुन सक्छ, यो हाम्रो मौलिक पहिचान हो, यसलाई जोगाई राख्न सबै जागरुक बन्नुपर्छ ।’

त्यसक्रममा मेचीनगर–९ का निवर्तमान वडा अध्यक्ष गोपाल खड्का, कांग्रेसका मेचीनगर सचिव मुकेश लिम्बू, कविशिरोमणि मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि पौडेल, नेपाल पूर्व प्रहरी संगठन मेचीनगरका उपाध्यक्ष भूपेन्द्र गिरीलगायतले बोलेका थिए ।
वक्ताहरुले सामाजिक सेवामा समर्पित उक्त उप्रेती परिवारबाट हुँदै आएको सत्कर्मको प्रशंसा गर्दै बेठीसहितको रोपाइँले लोप हुन लागेको संस्कृतिलाई पुनर्ताजगी गराएको बताए ।
सो अवसरमा नेपाल पूर्व प्रहरी संगठन मेचीनगरका उपाध्यक्ष दीपक थापा, कोषाध्यक्ष कल्याण खड्का, सदस्य रामजी खड्का, संगठनका क्षेत्रीय इकाई कमिटी उपाध्यक्ष ध्यानबहादुर श्रेष्ठ, युनु भट्टराई, पूर्व जनप्रतिनिधि मीना गजमेर, कांग्रेसका जिल्ला सदस्य रमेश दाहाल, शिक्षक हेमेन्द्र निरौला, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओली, धुलाबारी खानेपानी उपभोक्ता समितिकी सदस्य लक्ष्मी श्रेष्ठलगायतको आतिथ्यता थियो ।
उक्त कार्यक्रममा धुलाबारी क्षेत्रमा रहेका दुर्गाकाली मन्दिर, सेतीदेवी थान, गणेश मन्दिर र दुर्गा पूजा समितिलाई ११/११ थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो । स्व. कृष्णप्रसाद र स्व. देवका उप्रेतीका जेठा छोरा रामप्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत धार्मिक व्यक्तित्व भानुप्रसाद शिवाकोटीले गरेका थिए । स्व. कृष्णप्रसाद र स्व. देवका उप्रेतीका कान्छा छोरा बालकृष्ण उप्रेतीको अग्रसरतामा भएको सो कार्यक्रमको सञ्चालन कार्यक्रम व्यवस्थापक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । हाल अमेरिकाको टेक्सासमा रहेका बालकृष्ण उप्रेतीले झापाका विभिन्न संघसंस्था, मठ मन्दिर एवं विपन्न परिवारलाई गच्छे अनुसारको नगद तथा जिन्सी सहयोग गर्दै आएका छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
