काँकरभिट्टा भ्यूटावर : व्यवसायीलाई ६५ लाख नियम बिपरीत पेश्की
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले काँकरभिट्टामा भ्यूटावर बनाउन निर्माण व्यवसायीलाई नियम बिपरीत ६५ लाख ९८ हजार रुपैयाँ पेश्की दिएको पाइएको छ ।
भ्यूटावर बनाउन नगरपालिकाले ६ करोड ४५ लाख २६ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी एक निर्माण व्यवसायीसँग ३ करोड ७९ लाख ८६ हजार रुपैयाँको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।

हाल अलपत्र अवस्थामा रहेको भ्यूटावर परियोजना अघि बढाउने कि नबढाउने भनेर नगरपालिका नै दोधारमा रहेको छ । तर निर्माण व्यवसायीले लगेको पेश्की नियमसंगत नदेखिएको प्रतिवेदनले प्रष्ट भनेको छ ।

फोटो : अर्जुन कार्की
प्रदेश सरकार, उद्योग वन तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको ३ करोड २९ लाख ९३ हजार ५ सय ८३ रुपैयाको लागत सहभागितामा भ्यूटावर निर्माण सूरु गरिएको थियो । भ्यूटावरको २०७७ साल माघ १ गते शिलन्यास गरिएको थियो । तर प्रदेश सरकारवाट आउने रकम रोकिएपछि निर्माण कार्य अलपत्र परेको हो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
