धुलाबारीकी रुवी एकाएक वेपत्ता
मेचीनगर । मेचीनगर–१० धुलाबारी प्रणामी टोल माइती घरमा बस्दै आएकी रुवी पासवान सोमबार दिउँसोदेखि वेपत्ता भएकी छिन् ।
विल्टु पासवानकी छोरी रुवी घरमा कोही नभएको अवस्थामा एकाएक हराएकी हुन् । रुविले सात वर्ष अघि भारतका एक युवासँग बिहे गरेकी थिइन् । बिहे गरेको केही वर्षपछि परिवारसँग खटपट भएपछि धुलाबारी माइती घरमा बस्दै आएकी थिइन् ।
रुवीको ६ वर्षका छोरा पनि छन् । छोरा पनि साथमा लिएर माइती घरमा रहेकी रुवी कता गइन् अत्तोपत्तो छैन । छोरी कता गइन् केही थाहा नभएको बुवा विल्टु पासवानले बताए ।
बुवा विल्टुले छोरी एकाएक हराएपछि खोजिदिन प्रहरीसँग गुहार मागेका छन् । रुवीको परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समाजसेवी प्रकाश खड्काले बताए । २७ वर्षीया रुवी हराएपछि खोजीका लागि सबैसँग सहयोगको अपिल गरिएको समाजसेवी खड्काले बताए ।
……………………………….
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
