सेक्युर्ड सेक्युरिटीज लिमिटेडद्वारा लगानी सचेतना कार्यक्रम
बिर्तामोड । पछिल्लो समय शेयर बजारमा आकर्षित भइरहेको बेला बिर्तामोडमा यसका फाइदा र जोखिमका विषयमा अन्तरक्रिया गरिएको छ ।
सेक्युर्ड सेक्युरिटीज लिमिटेडको आयोजनामा शनिबार बिर्तामोडको होटल सिपीमा भएको लगानी सचेतना कार्यक्रममा शेयर बजारका विविध विषयमाथि छलफल गरिएको हो । सचेतनामूलक कार्यक्रममा व्यवसायी, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायको बाक्लो उपस्थिति रहेको थियो ।
सेक्युर्ड सेक्युरिटीज लि. का केन्द्रीय कार्यालय काठमाडौँका विष्णु अधिकारीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासिचव अर्जुनकुमार मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सेक्युर्ड सेक्युरिटीज लि. का बिर्तामोड शाखाका प्रमुख कृष्ण हुमागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बरप्रसाद उप्रेतीले गरेका थिए ।
बिर्तामोडमा शेयर बजार सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको यो तेस्रो पटक हो । शेयर बजारमा भइरहेको आकर्षण र जोखिमका विषयमा सन्जीव घिमिरे र विक्रम चित्रकारले जानकारी गराएका छन् ।
……………………………
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
