सेक्युर्ड सेक्युरिटीज लिमिटेडद्वारा लगानी सचेतना कार्यक्रम

बिर्तामोड । पछिल्लो समय शेयर बजारमा आकर्षित भइरहेको बेला बिर्तामोडमा यसका फाइदा र जोखिमका विषयमा अन्तरक्रिया गरिएको छ ।
सेक्युर्ड सेक्युरिटीज लिमिटेडको आयोजनामा शनिबार बिर्तामोडको होटल सिपीमा भएको लगानी सचेतना कार्यक्रममा शेयर बजारका विविध विषयमाथि छलफल गरिएको हो । सचेतनामूलक कार्यक्रममा व्यवसायी, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायको बाक्लो उपस्थिति रहेको थियो ।
सेक्युर्ड सेक्युरिटीज लि. का केन्द्रीय कार्यालय काठमाडौँका विष्णु अधिकारीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासिचव अर्जुनकुमार मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सेक्युर्ड सेक्युरिटीज लि. का बिर्तामोड शाखाका प्रमुख कृष्ण हुमागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बरप्रसाद उप्रेतीले गरेका थिए ।
बिर्तामोडमा शेयर बजार सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको यो तेस्रो पटक हो । शेयर बजारमा भइरहेको आकर्षण र जोखिमका विषयमा सन्जीव घिमिरे र विक्रम चित्रकारले जानकारी गराएका छन् ।
……………………………

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...