मेचीनगरमा जनप्रतिनिधि हुन्छ भन्छन्, कर्मचारीले झुलाउछन्
मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय झुलाउने गरेको एक सेवाग्राहीले बताए ।
नगरपालिकाका कर्मचारी ‘राजा’ बन्न खोज्दा सेवाग्राही मारमा परेका हुन् । एउटा फायल बोकेर नगरपालिका छिरेका सेवाग्राही तीन दिनसम्म धाउँदा पनि काम नभएपछि निराश भएर फर्किने गरेका छन् । नगरपालिकाले प्रक्रिया पुगेको विकास निर्माणको फायलसमेत कर्मचारीले गर्दा अगाडि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले खरिद गरेर स्टोरमा राखेको सामग्री दिन पनि कर्मचारीले आलटाल गर्ने गरेका छन् ।
विकास निर्माणको फायल बोकेर आएका सेवाग्राहीलाई यो वा त्यो प्रक्रिया पूरा गरेर आउनू भनी अल्झाउने गरेको शुक्रवार नगरपालिका कार्यालयमा भेटिएका एक सेवाग्राहीले बताए । ती सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हाम्रो नगरपालिकामा कर्मचारी डन भए, जनप्रतिनिधि निरीह बने ।’
मेचीनगर नगरपालिकामा कर्मचारी ‘डन’ भएको बेलाबेला समाचार आउने गर्दछ । सेवाग्राहीको छिटो र सजिलो गरी प्रक्रिया पुर्याएर काम अगाडि बढाउनुको साटो दुःख दिने काम गर्नु ठीक होइन ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकामा हुने गरेको ढिलासुस्ती रोक्न आफूहरु लागि परेको बताए । उनले नगरपालिकामा देखिएको बेथिति अन्त्य गर्न सिस्टमको अभ्यास सुरु गरेको बताए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
