मेचीनगरमा जनप्रतिनिधि हुन्छ भन्छन्, कर्मचारीले झुलाउछन्

मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय झुलाउने गरेको एक सेवाग्राहीले बताए ।
नगरपालिकाका कर्मचारी ‘राजा’ बन्न खोज्दा सेवाग्राही मारमा परेका हुन् । एउटा फायल बोकेर नगरपालिका छिरेका सेवाग्राही तीन दिनसम्म धाउँदा पनि काम नभएपछि निराश भएर फर्किने गरेका छन् । नगरपालिकाले प्रक्रिया पुगेको विकास निर्माणको फायलसमेत कर्मचारीले गर्दा अगाडि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले खरिद गरेर स्टोरमा राखेको सामग्री दिन पनि कर्मचारीले आलटाल गर्ने गरेका छन् ।
विकास निर्माणको फायल बोकेर आएका सेवाग्राहीलाई यो वा त्यो प्रक्रिया पूरा गरेर आउनू भनी अल्झाउने गरेको शुक्रवार नगरपालिका कार्यालयमा भेटिएका एक सेवाग्राहीले बताए । ती सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हाम्रो नगरपालिकामा कर्मचारी डन भए, जनप्रतिनिधि निरीह बने ।’
मेचीनगर नगरपालिकामा कर्मचारी ‘डन’ भएको बेलाबेला समाचार आउने गर्दछ । सेवाग्राहीको छिटो र सजिलो गरी प्रक्रिया पुर्याएर काम अगाडि बढाउनुको साटो दुःख दिने काम गर्नु ठीक होइन ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकामा हुने गरेको ढिलासुस्ती रोक्न आफूहरु लागि परेको बताए । उनले नगरपालिकामा देखिएको बेथिति अन्त्य गर्न सिस्टमको अभ्यास सुरु गरेको बताए ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...