धुलावारी क्षेत्रमा दुले चोरको बिगबिगी
धुलावारी । मेचीनगरको वडा नं. १० स्थित खयरडाँगीमा दुले चोरको बिगबिगी मच्चिएको छ ।
स्थानीयका अनुसार दुई सातामा तीन घरमा चोरी भइसकेको छ ।
काशीनाथ निरौलाको घरमा असार १० गते राति ओप्पो मोबाइल र थाल चोरी भएको थियो भने शंकर सुबेदीको घरबाट घडी र थाल चोरी भएको छ ।
अरु केही घरमा समेत दुले चोरले विभिन्न सामान चोरी गरेको बताइएको छ । केही घरमा चोर पसे पनि थाहा पाएकाले चोरी गर्न नपाएको बुझिएको छ ।
पीडित निरौलाले इलाका प्रहरी कार्यालय धुलावारीमा चोर पत्ता लगाइदिन अनुरोध गर्दै निवेदन दिएका छन् ।
स्थानीयबासीले गाउँमा दुले चोरको बिगबिगी बढे पनि प्रहरीले रात्रि गस्ती नबढाएको र चोरीका घटनाको अनुसन्धानमा खासै चासो नदेखाएको गुनासो गरेका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

