धुलावारी क्षेत्रमा दुले चोरको बिगबिगी
धुलावारी । मेचीनगरको वडा नं. १० स्थित खयरडाँगीमा दुले चोरको बिगबिगी मच्चिएको छ ।
स्थानीयका अनुसार दुई सातामा तीन घरमा चोरी भइसकेको छ ।
काशीनाथ निरौलाको घरमा असार १० गते राति ओप्पो मोबाइल र थाल चोरी भएको थियो भने शंकर सुबेदीको घरबाट घडी र थाल चोरी भएको छ ।
अरु केही घरमा समेत दुले चोरले विभिन्न सामान चोरी गरेको बताइएको छ । केही घरमा चोर पसे पनि थाहा पाएकाले चोरी गर्न नपाएको बुझिएको छ ।
पीडित निरौलाले इलाका प्रहरी कार्यालय धुलावारीमा चोर पत्ता लगाइदिन अनुरोध गर्दै निवेदन दिएका छन् ।
स्थानीयबासीले गाउँमा दुले चोरको बिगबिगी बढे पनि प्रहरीले रात्रि गस्ती नबढाएको र चोरीका घटनाको अनुसन्धानमा खासै चासो नदेखाएको गुनासो गरेका छन् ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

