लायन्स क्लब मेचीनगरको पद हस्तान्तरण
काँकरभिट्टा । लायन्स क्लब अफ मेचीनगरको काँकरभिट्टामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काँकरभिट्टा स्थित घारी रेष्टुरेन्टमा भएको कार्यक्रममा लायन्स क्लब अफ मेचीनगरका निवर्तमान अध्यक्ष सन्तोष आचार्यले वर्तमान अध्यक्ष मोहनप्रसाद मैनालीलाई पद हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अफ मेचीनगरको प्रथम उपाध्यक्षमा गंगालाल गुरुङ, द्वितीय उपाध्यक्षमा रोशनलाल प्रधान, तृतीय उपाध्यक्षमा नवराज प्रधान, सचिवमा सचित तामाङ र कोषाध्यक्षमा ज्याक पोखरेल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा लायन लीला चिमरिया, निरज ओली, क्लबका संस्थापक अध्यक्ष शंकर थापा, निवर्तमान अध्यक्ष सन्तोष आचार्य लगायतले मन्तव्य राखेका थिए ।
क्लबले समाजमा गरेका सकारात्मक र रचनात्मक कामको मूल्यांकन गर्दै आगामी दिनमा समेत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सक्रियपूर्वक लाग्ने जनाएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
