स्थापना दिवस : सस्थापकले जाेगाएकाे सस्कार
धुलाबारी । प्रेस क्लब मेचीनगरको आठौँ स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
धुलाबारी स्थित होटल रोयल निर्माणमा आयोजित प्रेस क्लबको स्थापना दिवस २०७१ असार ५ गतेदेखि हालसम्मका गतिविधि बारे समीक्षा गर्दै समापन भएको छ ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, निवर्तमान अध्यक्ष मुक्ति पौडेल, वर्तमान अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष शिशिर चौलागाई, कोषाध्यक्ष रीता दाहाल, सदस्यहरु अनिल ढुंगाना, विश्व थापा, अर्जुन कार्की, खगेन्द्र घिमिरे, युवराज आचार्य, देबु बानियाँ, दिलिप थापा, डम्बर बराल, टीका सुवेदी लगायतले मेचीनगरको पत्रकारिताको चुनौती र सम्भावना, आगामी कार्ययोजना लगायतका विषयमा समीक्षासहित सुझावहरु राखेका थिए ।
संस्थापक अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष तथा सस्थापक सचिब निरौलाले गरेका थिए ।
स्थापना दिवस सस्थापक समितिकाे आयाेजनामा सम्पन्न भएकाे हाे । स्थापना दिवसकाे सस्कार जाेगाउन सस्थापक समितिले गरेकाे याे कार्यक्रमले प्रेस क्लबकाे गरिमा थप बढेकाे छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
