देवकोटा पार्क : उपप्रमुख उप्रेतीसहित जनप्रतिनिधि सम्मानित
मेचीनगर । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्यद्वय चित्र धिमाल र अञ्जु थापा, मेचीनगर ६ का वडा सदस्यहरू धुर्वकुमार राई, भविन्द्रराज सुब्बा र सिमा रसाइली रहेका छन् ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अनुसार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई पनि सम्मान गरिने कार्यतालिका रहेको थियो । तर, विशेष कार्य व्यस्तताले नगर प्रमुख बुढाथोकी र वडाध्यक्ष तामाङ उपस्थित हुन नसकेपछि उहाँहरूको सम्मान कार्यालयमा नै भेटेर दिने आयोजकले जनाएको छ ।
त्यस्तै सोही अवसरमा आयोजकले प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली र सञ्चारकर्मीद्वय लक्ष्मी उप्रेती र युवराज आचार्यलाई समेत सम्मान गरेको छ ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

सांसद मैनालीद्वारा अनुगमन
नेपालको पूर्विद्वारसंगै रहेको देवकोटा पार्कलाई पर्यटकीय स्थलको रूपमा विकसित गरिरहेको छ । यसलाई थप भौतिक सुविधा सम्पन्न बनाउन यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद श्रीप्रसाद मैनालीले बजेट विनियोजन गरि कार्य समेत सम्पन्न भइसकेको छ ।
सांसद मैनालीले पछिल्लो समय पार्क धेराबारा (पर्खाल) बनाउन लागत सहभागीसहित २० लाख बजेट विनियोजन गरेर निर्माण कार्यसमेत सम्पन्न भए पछि आज सांसद मैनाली सहितको टोलिले स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा सांसद मैनालीले भने, युवाहरूको टिमले छोटो समयमा देवकोटा पार्कलाई सफलता तर्फ अगाडि बढाएकोमा खुलेर प्रशंसा गरे । साथै उनले आगामी दिनमा पनि देवकोटा पार्कलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे ।
मेचीनगरमा माघ ३ गतेदेखि ‘इन्टर स्कूल स्पोर्ट’
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
इण्डो नेपाल मेचीनगर मिडिया कपको खेल तालिका सार्वजनिक
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
पुस ३० देखि बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
खुट्टिडाँगी वनको साधारण सभा : सेल्फी पुल बनाउँदै, माछापालन आफैँ गर्ने
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

