।। कविता ।। जूनको मर्म नबुझ्दा…

चहकिलो जूनको मर्म नबुझेकै हुँ ।
मधुरो चन्द्रमाको भरोसा गरेकै हुँ ।।
सबै रातलाई उस्तै देख्नु भूल भयो ।
औंशीको रातमा पूर्णिमा खोज्नु भूल भयो ।।
चन्द्रग्रहणको झस्का नपाएको पनि त होइन ।
अनि धब्बा मेटाउन नखोजेको पनि होइन ।।
जिन्दगीको धनीपूर्जा लुकाउनु तिम्रै कमजोरी भो ।
बिछ्याइएको इन्द्रजालमा पर्नु मेरै कमजोरी भो ।।
गगन र पातालबीचको अन्तर बुझाएकै थिएँ ।
बुझेर पनि बुझ किन पचाउँछौ भनेकै थिएँ ।।
धाइजन, झापा ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...