एमालेको खानेपानी तथा सरसफाइ विभाग : सदस्यमा झापाका सन्तोष आचार्य
झापा । नेकपा एमालेको केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्यमा झापाका सन्तोष आचार्य मनोनित भएका छन् ।
विहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विभिागको वैठकले ३३ वटा विभाग मध्ये १३ वटा विभागको सदस्यहरु मनोनित गरेको हो ।
जसमध्ये झापाबाट मेचीनगर–६ का आचार्यलाई खानेपानी तथा सरसफाइ विभागको सदस्यमा मनोनित गरेको थियो ।
झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताए । यसअघि बाँकी अन्य सबै विभागहरु गठन भईसकेका छन् ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

