एमालेको खानेपानी तथा सरसफाइ विभाग : सदस्यमा झापाका सन्तोष आचार्य

झापा । नेकपा एमालेको केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्यमा झापाका सन्तोष आचार्य मनोनित भएका छन् ।
विहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विभिागको वैठकले ३३ वटा विभाग मध्ये १३ वटा विभागको सदस्यहरु मनोनित गरेको हो ।
जसमध्ये झापाबाट मेचीनगर–६ का आचार्यलाई खानेपानी तथा सरसफाइ विभागको सदस्यमा मनोनित गरेको थियो ।
झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताए । यसअघि बाँकी अन्य सबै विभागहरु गठन भईसकेका छन् ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...