भद्रपुर उड्न लागेको जहाजमा समस्या, यात्रु ओरालियो
झापा । काठमाडौंबाट सोमवार भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो ।
‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको छैन । वे’मा फर्काएपछि जहाजबाट यात्रुलाई ओरालिएको छ ।’
बुद्ध एयरका सूचना अधिकारीका अनुसार यात्रुलाई बुद्ध एयरकै अर्को जहाजमार्फत भद्रपुर पठाइसकिएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

