एमालेका आठ जना उम्मेद्वार निर्विरोध चयन
गौरादह । गौरादह नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् ।
सनिवार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेद्वारी परेको थियो ।
सर्वसम्मत हुने महिलातर्फ गोमादेवी लिम्बू ( चेम्जोङ्ग), दुर्गा घिमिरे (लुइँटेल),.कुन्ता पराजुली(प्याकुरेल),अन्जु ढकाल (निरौला )र तुलसा कडेल रहेका छन।
त्यस्तै अल्पसंख्यक वा दलित तर्फबाट गोलसिंह ताजपुरीया , कृत्यानन्द राजबंशि र डम्बरबहादुर बिश्वकर्मा सर्वसम्मत भएका छन।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

