गौरादह प्रमुख सुवेदीले गरे पदभार ग्रहण
गौरादह । गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरि उनले नगर उपप्रमुख जलवर्षा राजंवशी र नगरसभा सदस्यहरुलाई सपथग्रहण गराएका थिए । सुवेदीले नागरिकको अपेक्षा पूरा गर्ने मुल उद्येश्य रहेको उल्लेख गरे । कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, एमाले नेता मदन अधिकारी, माओवादी केन्द्रका नेता हुकुमसिंह, काङ्ग्रेस नेता हेमन्त कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यपालिकाको पहिलो निर्णय : गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स, नगर अस्पतालको निर्माण ।
स्थानीय तहको निर्वाचनमा गौरादह नगरपालिकामा निर्वाचित नगर प्रमुख तथा उप प्रमुखले पदभार ग्रहण गरे पछिको कार्यपालिका वैठकवाट गौरादह नगरपालिका भित्र वसोवास गर्ने विपन्न वर्गका परिवारका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन दमक, विर्तामोड, धरान , विराटनगर सम्मका अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको छ।त्यस्तै स्वास्थ्य विमा सहितको नगर अस्पताल संचालन कार्य प्रारम्भ गर्ने निर्णय निर्णय गरेको १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
