१० लाख राशिको फ्री फायर” च्याम्पयनसिप, नेपालमा पहिलो पटक आयोजना हुँदै
अनलाइन गेम “फ्री फायर” ले नेपालमा पहिलो पटक “फ्री फायर नेपाल च्याम्पियनसिप” घोषणा गरेको छ ।
कूल १० लाख राशीको उक्त च्याम्पियनसिप कूल ५ हजार १८४ टोलीले सहभागिता जनाउने ‘गरिना फ्री फायर’ कम्पनीले जनाएको छ । फ्री फायर भनेर चिनिने उक्त गेमको उत्पादक ‘गरिना फ्री फायर’ हो ।
यही २६ जेठ (जुन ९) देखि साउन १ (१७ जुलाई) सम्म हुने उक्त प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ पाउने कम्पनीले बताएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुनको लागि आज देखि जेठ १७ सम्म आवेदन दिनुपर्नेछ । आवेदन दिने लिंक फ्री फायरको सोसल मिडियाहरूमा शेयर गरिने जनाइएको छ ।
सहभागी टोलीहरूले चार चरण पूरा गर्नुपर्नेछ र सबै खेलहरू ब्याटल रोयल स्क्वाड मोडमा खेलाइने बताइएको छ ।
जेठ २६ गतेदेखि छनौट सुरु हुनेछ । शीर्ष १२ टोलीहरू असार १७ (जुलाई १) देखि असार २६ (जुलाई १०) सम्म लिग चरणमा प्रवेश गर्नेछन् ।
सबै खेलहरू फ्री फायर नेपालको फेसबुक र युट्युव च्यानलमा लाइभ गरिनेछ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...