मेचीनगर अपडेट : मेयर ३१२, उपमेयर १३६९ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिकामा एमालेको मेयरमा र उपमेयरमा अग्रता बढ्दै गएको छ ।
बुधवार बिहान ९ वजे सम्मको नतिजा अनुसार १००७५ गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३८९७ मत ल्याएका छन् । मेयरमा एमालेले ३१२ मतको अग्रता कायम गरेको छ ।
नेपाली काँग्रेसका प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ३५८५ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मिना उप्रेतीले ३६१२ मत ल्याउँदा माओवादी केन्द्रका उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीले २२४३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मिना उप्रेती १३६९ मतले अगाडी छन् ।
अहिले मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ को मत गणना भईरहेको छ । आज बेलुकासम्ममा मेचीनगर २ र १५ नम्बर वडाको अन्तिम परिणाम आउन सक्ने अवस्था रहेको गणनामा रहनु भएका दलका प्रतिनिधिहरुले जानकारी दिनु भएको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
