मेचीनगर–१ मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ । उनीहरूल् प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा पनि त्यो वडामा एकजना सदस्य बाहेक अन्य पदाधिकारी सबै पदाधिकारी नेकपा एमालेकै उम्मेद्वार विजयी भएका थिए । वडाले विजयी र्यालीको तयारी गरीरहेको एमाले नेता मञ्जिल मानवले जानकारी दिए ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...