मेचीनगर मेयर : एमालेका गोपाल बुढाथोकी १७७ मतले अगाडि
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयर र उपमेयरका उम्मेद्वारको अग्रता कायमै रहेको छ ।
सोमबार दिउसो १ः३० वजेको नतिजा अनुसार २६२६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १११४ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ९३७, राप्रपाका रमेश दाहालले १४३ मत ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १०१२, माओवादी केन्द्र प्रकाश भण्डारी ४९३, राप्रपाकी सविना बजगाईको ३०३ र डिल्लीराम घिमिरेको धाराले २६ मत ल्याएका छन् ।
यसैगरी, वडा नम्बर १ को वडाध्यक्षमा एमाले ७३०, कांग्रेसको ५८४, हलो ४६, वडा नम्बर २ को वडाध्यक्षमा एमाले १२४, हँसिया हतौडा १२८, हाँस १०९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले १८८, कांग्रेसको २२५, हलोले ४८मत प्राप्त गरेको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

