मेचीनगर अपडेट : मेयर उप-मेयरमा एमालेको अग्रता
मेचीनगर नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
वडा नम्बर १, २ र १५ को १ हजार २९८ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ४५२ मतका साथ अग्रता लिएका छन् ।
दोस्रोमा नेपाली कांग्रेस रहेको छ । गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले ४०६ मत पाएका छन् भने । तेस्रोमा रहेका राप्रपाका रमेश दाहालले ७६ भोट पाएका छन् ।
त्यस्तै चौथोमा मेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका किशोर धिमालले २७ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मिना पोखरेल उप्रेतीले अग्रता लिएकी छन् । उनले ४३७ मत पाएकी छन् ।
दोस्रोमा रहेका गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले २१९ मत पाएका छन् । तेस्रोमा रहेकी राप्रपाकी सविना बजगाईले १४५ भोट पाएकी छन् ।
त्यस्तै चौथोमा उपमेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका शिखा लिम्बुले २८ मत ल्याएका छन् । मेचीनगरमा कुल ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ६८८ ले मतदान गरेका थिए । ७०.२२ प्रतिशत मात्र मत खसेको थियो ।
मेचीनगरमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन छ । एमाले र राप्रपा एक्लै लडेको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
