काँग्रेसको पार्टी कार्यालयमा घुसेर नगदसहित निर्वाचन सामाग्री लुटेको दावी
मेचीनगर । नेपाली काँग्रेस मेचीनगर वडा नम्बर ९ को कार्यालयमा गएर हुलहुज्जत गरी निर्वाचन प्रचारप्रसार सामाग्रीमा क्षति पुर्याउने समूहलाई कारवाही गर्न माग गरिएको छ ।
बैसाख ३० गते भइरहेको मतदानका बेला स्थानीय लक्ष्मीप्रसाद पाठकसहितको समूह खुट्टेडाँगीस्थित पार्टी कार्यालयमा प्रवेश गरेको थियो । उक्त पार्टी कार्यालय वडा गठबन्धन दलले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए । एक्कासी प्रवेश गरेको उक्त समूहले कार्यालयभित्र रहेको निर्वाचन प्रचारप्रसार सामाग्रीसहित अन्य महत्वपुर्ण कागजात लुटेर लगेकोे वडा निर्वाचन परिचालन समितिले दावी गरेको छ ।
पाठकको समूहले नमुना मतपत्र खोसेर खोलामा बगाएको जनाइएको छ । निर्वाचन विथोल्ने प्रयासस्वरुप भएको उक्त घटनाको परिचालन समितिले घोर भत्र्सनासमेत गरेको छ । कार्यालययमा राखिएको नगद ८० हजार रुपैयाँ हराएकोसमेत दावी गरिएको छ । निर्वाचन परिचालन समितिले लुटिएका सामाग्रीसहित नगद फिर्ता गर्न माग गरेको छ ।
निर्वाचन परिचालन समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली काँग्रेसका कार्यवहाक सभापति रुद्र रोक्का, माओवादी केन्द्रका वडा सचिव ज्ञानेन्द्र सम्बाहाम्फे र जनता समाजवादी पार्टीका कार्यावहाक अध्यक्ष अमर लिम्बुले हस्ताक्षर गरेका छन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
