मेचीनगरको मतगणना विहान ८ बजे पछि सुरु हुने

मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना अहिले विहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका बुझाउने काम नै हिजो मध्यरातिसम्म लागेकाले आज विहान ८ बजेदेखि मतगणना सुरु गरिने मेचीनगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेरामा राखिएको निर्वाचन अधिकृत फुयलले जानकारी दिए ।
हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...