हामी मेचीनगर-११ नमुना वडा बनाउँछाै

हामी मेचीनगर-११ नमुना वडा बनाउँछाै
मेचीनगर ।। झापा मेचीनगर नगरपालिका वडा न ११ लाई नमुना वडाकाे रुपमा विकास गर्ने उम्मेदवार हरुले बताएका छन ।नेकपा एमाले काे तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रुद डाँगी सहितकाे टिमले ल्याएको प्रतिबद्धता पत्र मा साे उल्लेख गरिएको छ । वडाकाे विकासमा जनप्रतिनिधि भए र गएपछि हरपल जनताकाे हितमा लाग्ने वडाध्यक्षका उम्मेदवार डाँगी ले बताए । वडाकाे विकासमा सिचाइ कृषि तथा पशुपालन ,शिक्षा ,स्वास्थ्य ,आवास,खानेपानी तथा सरसफाइ ,युवा खेलकुद ,पर्यटन लगायका बिषयमा टिम लाग्ने उनले बताए । उम्मेदवार डागीले आफू जनप्रतिनिधि भएको खण्डमा राज्यबाट प्राप्त हुने तलब पारिश्रमिक लगायतका सेवा सुविधा रकम सामाजिक काममा खर्च गर्ने बताए । मेचीनगर ११ काे गाेजा वस्ती, आरती चाेक, किसान वस्ती, तित्रेडाँगी, सेउरे डाँगीमा एमालेकाे घरदैलाे कार्यक्रम जारी अवस्थामा छ ।

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...