कांग्रेस झापाका पूर्वसचिवसहित ६० जनाद्वारा पार्टी परित्याग
बिर्तामोड । नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा राजीनामा दिएका छन् । कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै राजीनामा दिएको बताएका छन् ।
आदिवासी समुदायका अग्रज नेता मानिने गोश्वामीले स्थानीय चुनावको मुखमा राजीनामा दिएपछि झापा कांग्रेसमा ठुलो क्षति भएको कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् । बाह्रदशी गाउँपालिकामा घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामुहिक राजीनामा बुझाएका छन् ।
राजीनामा बुझाउदै उनले ४५ वर्षे कांग्रेसको राजनीति यात्राबाट सँधाका लागि पूर्ण विराम लगाएको घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए ।
सामुहिक राजीनामा बुझाउँदै बाह्रदशी वडा नं। ४ का कांग्रेसमा भरोसा राख्ने नागरिकप्रति गठबन्धन गरेर घात पुराएको आरोप लगाइएको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
