कांग्रेस झापाका पूर्वसचिवसहित ६० जनाद्वारा पार्टी परित्याग
बिर्तामोड । नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा राजीनामा दिएका छन् । कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै राजीनामा दिएको बताएका छन् ।
आदिवासी समुदायका अग्रज नेता मानिने गोश्वामीले स्थानीय चुनावको मुखमा राजीनामा दिएपछि झापा कांग्रेसमा ठुलो क्षति भएको कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् । बाह्रदशी गाउँपालिकामा घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामुहिक राजीनामा बुझाएका छन् ।
राजीनामा बुझाउदै उनले ४५ वर्षे कांग्रेसको राजनीति यात्राबाट सँधाका लागि पूर्ण विराम लगाएको घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए ।
सामुहिक राजीनामा बुझाउँदै बाह्रदशी वडा नं। ४ का कांग्रेसमा भरोसा राख्ने नागरिकप्रति गठबन्धन गरेर घात पुराएको आरोप लगाइएको छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

