रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सलाई
काँकरभिट्टा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा बैशाख ३ गतेदेखि जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले हात पारेको छ।
आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि हात पारेको हो । काकडभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे ।
बोस्टनका लागि विवेक चिमोरियाले सर्वाधिक २८ रन बनाए भने समीर कार्की २३ रन, विधान गोस्वामी १७ रन, सुरज खड्का १६ रन, तथा अर्विन क्षेत्रीले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी नचल्दा बोस्टनले सामान्य स्कोर खडा गरेको थियोे ।
बलिङतर्फ धुलाबारीका दिपेश कडेल र ज्ञानेन्द्र श्रेष्ठले समान २-२ विकेट हात पारे भने गुल्सन झा, राज थापा र प्रवेश कामतिले समान १(१ विकेट हात पारे।
उपाधिका लागि १३७ रनको लक्ष्यका साथ मैदान उत्रिएको धुलाबारीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। धुलाबारीका लागि डम्बर विष्टले विष्फोटक व्याटिङ गर्दै ४४ बलमा ८९ रन प्रहार गरेका थिए भने विवेक बुढाथोकीले १२ रन, फइन रहमानले नटआउट २१ रन तथा सुजन थपलियाले नटआउट ६ रन बनाउँदै टिमलाई जित दिलाए।
बलिङतर्फ बोस्टनका लागि मिनास थापा, विधान गोस्वामी र करण केसीले समान १-१ विकेट लिए । खेलको म्यान अफ द म्याच डम्बर विष्ट घोषित हुँदै नगद रु ३००० हात पारे।
प्रतियोगिताको बेष्ट ब्याट्सम्यानको उपाधि मन्जित श्रेष्ठले हात पारे भने वेष्ट बलरको उपाधि धुलाबारीका ज्ञानेन्द्र श्रेष्ठले हात पारे। त्यस्तै वेष्ट फिल्डरको उपाधि भद्रपुरका सौजन घिमिरेले प्राप्त गरे भने प्लेयर अफ द सिरिज करण केसी घोषित हुँदै १५ हजार र ट्रफि प्राप्त गरे।
प्रतियोगिताको विजेता बन्दै धुलाबारीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउन सफल भने उपविजेता टोली बोस्टनले नगद रु १ लाख ११ हजार प्राप्त गरेको छ।
प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले १० हजार प्राप्त गरे।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
